सगुनद्वारा नेपाल हाउस प्राजेक्टलाई एकलाख डलरबराबरको शेयर दिने घोषणा

SHARE:

एटा संवाददाता
अल्डरसट । पछिल्लो समय निकै चर्चामा रहेको सोसियल मिडिया र इकमर्श दुवैको सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यका साथ बजारमा आएको सगुनद्वारा सञ्चालित सगुन फाउन्डेशनले एनआरएनए युकेको नेपाल हाउस प्राजेक्टलाई एकलाख डलर बराबरको शेयर दिने घोषणा गरेको छ ।

गत सोमबार १६ जुलाई बेलुकी अल्डरसटस्थित एम्पायर हलमा आयोजित एक विशेष कार्यक्रममा सगुन फाउन्डेशनले त्यस्तो घोषणा गरेको हो । अहिलेको बजार भाउअनुसार चार हजार ३४७ कित्ता सगुनको शेयर एनआरएनए युकेको नेपाल हाउस प्राजेक्टलाई प्रदान गरेको हो । सगुनले च्यारिटी प्रायोजनका लागि एकमिलयन डलर सगुन फाउन्डेशनलाई दिएको छ । सोही फाउन्डेशनले पहिलो पटक एनआरएनए युकेलाई एकलाख डलर बराबरको शेयर प्रदान गरेको हो ।
नेपाल दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरणको विशेष उपस्थितिमा सगुन फाउन्डेशनकातर्फबाट संस्थापक गोविन्द गिरी र कविन्द्र संग्रौला र एनआरएनए युकेकोतर्फबाट एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्य गुरुङको हस्ताक्षर रहेको संझौता पत्र (एमओयु) सगुन युकेका संयोजक युवराज सेढाईले एनआरएनए युकेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख आरणले एनआरएनए युके र सगुनबीचको सहकार्यले दुवैको अभियानमा सहयोग हुने विश्वास व्यक्त गरे । त्यस्तै, सगुनका सल्लाहकार समेत रहेका एनआरएनए युकेका संरक्षक सूर्य गुरुङले एनआरएनए युकेको नेपाल हाउस प्रोजेक्टको सपना पूरा हुनेमा विश्वास व्यक्त गर्दै सगुन फाउन्डेशनबाट एनआरएनए युकेलाई पहिलो सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

नेपाली उद्यमी तथा व्यवसायीहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले साझा सपनाको रुपमा रहेको नेपाल हाउस प्रोजेक्टलाई गरेको सहयोगका लागि सगुनप्रति आभार व्यक्त गर्दैे सफलताको शुभकामना दिए । कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक मे.रि. डमर घले एमबिई, संरक्षक योगेन क्षेत्री, आईसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए युकेका सल्लाहकार शिवजी श्रेष्ठ, एनआरएनए युकेका सदस्य गंगा राना, काउन्सिलर लक्ष्य गुरुङ, पत्रकार चिरन शर्मा, एनपीसीसी अमेरिकाका सभापति आनन्द विष्ट, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा सगुनका संयोजक सेंढाईले पावरपोइन्ट प्रिजेन्टेशनद्वारा सगुनले बजारमा ल्याईसकेको ‘माई डे, मुड टक र सिक्रेट’ नामक फिचरको बारेमा जानकारी गराउदै भावी लक्ष्यबारे जानकारी दिएका थिए । उनले सगुनले आउने २६ जुलाई सम्म लगानी खुल्ला गरिएको समेत जानकारी दिए । एनआरएनए युकेका अध्यक्ष फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तब्य राखेका थिए भने महासचिव राजकुमार त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!