नायिका जसिताको उपस्थितिमा ‘लिलीबिली’ प्रदर्शन

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालमा ५१ औं दिनसम्म प्रदर्शन हुन सफल नेपाली चलचित्र ‘लिलीबिली’ नायिका जसिता गुरुङको विशेष उपस्थितिमा बेलायतमा प्रदर्शन भएको छ ।

२२ जुलाई आइतबार अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको हो । संयुक्त अधिराज्य बेलायतमा क्रियाशील सपन इन्टरटेंनमेन्टको व्यवस्थापनमा प्रदर्शन भएको सो चलचित्र संयुक्त अधिराज्य बेलायतको स्कटल्यान्डमा छायांकन गरिएको हो । युके डान्स अफ विजेता बेलायतवासी नेपाली जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले चलचित्रको शुभारम्भ गर्दै सपन इन्टरटेन्टमेनले युथहरुको प्रतिभा प्रस्फुटन हुने कार्यक्रम आयोजना गरी अवसर प्रदान गर्दै आएकोमा प्रशंसा गरे । त्यस्तै, चलचित्र नायिका जसिता गुरुङले सपन इन्टरटेन्टमेनले अवसर सिर्जना गराएको र निर्देशक मिलन चाम्सले मौका दिएकोमा उनीहरुप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा नेपाली राजदूत डा. सुवेदी, डान्स अफ युकेका मुख्य प्रायोजक एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ तथा कमल गुरुङ र सपन राईले संयुक्त रुपमा चलचित्र लिलीबिलीले हालै प्राप्त गरेको छैटौं राष्ट्रिय चलचित्र पुरस्कार र डिसी फिल्म अवार्ड चलचित्र नायिका जसिता गुरुङलाई प्रमाणपत्र सहित प्रदान गरियो ।

निर्धारित समयमा सुरु भएको प्रदर्शनको मध्यान्तरमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ र नायिका जसिता गुरुङ हालै नेपाल ब्रिटेन डट कमद्वारा “:भमष्ब एभचकयलबष्तिथ या तजभ थ्भबचू”को उपाधि पाउन सफल भएकोमा सपन इन्टरटेन्टमेनका सपन राईले उनीहरुलाई खादा लगाई बधाई ज्ञापन गरे ।

जसिता गुरुङ, प्रदीप खड्का र प्रियंका कार्कीको विशेष भूमिका रहेको चलचित्र गोविन्द शाही र सुदीप खड्काको निर्माण र मिलन चाम्सले निर्देशन रहेको छ ।

बेलायतमा दर्शकहरुबीच ‘ड्रिम्स’ र ‘कृ’ जस्ता सफल चलचित्रहरु प्रदर्शन गरिसकेको इन्टरटेंनमेन्टले सो चलचित्रलाई बेलायतका विभिन्न स्थानमा समेत क्रमश: प्रदर्शन गर्दै लैजाने इन्टरटेनमेन्टका सपन राईले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!