तमु प्ये ल्हु संघ युकेको वार्षिक गृष्मकालीन भेटघाट सम्पन्न

SHARE:

लन्डन । तमु प्ये ल्हु संघ युकेको वार्षिक गृष्मकालीन भेटघाट विभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ ।

लन्डनस्थित फेल्थाम कम्युनिटी कलेजको हल तथा खुला मैदानमा शनिबार २१ जुलाईको दिन सो कार्यक्रम भएको हो । संघका अध्यक्ष मेजर रिटायर्ड खुसीमान ल्हेगे तमु एमबीओको सभापतित्वमा भएको कार्यक्रमलाई औपचरिक रुपमा अगाडि बढाउँदै संघका सचिव खेम सर्बजा तमुबाट उपस्थित तमाम सदस्यहरुलाई स्वगत गरेका थिए । उपस्थित सम्पुर्ण दर्शकहरुलाई सम्बोधन गर्दै, चिबा पिन्डा गुरु यार्जङ क्रोम्चे तमुद्वारा वार्षिण ग्रृष्मकालीन बेला गरिने धार्मिक पूजाहरुको महत्व ओल्याए । साथै, उनले युकेको अप्ठ्यारो परिप्रेक्ष्य र चुनौतीहरुको बाबजुद तमुहरुको आफ्नो परम्परा र मौलिकतालाई जिवित राख्न सबैको प्रयासको जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा कोइबो धिं तथा समाज भवन निर्माण परियोजनाको लागि व्यक्तिगत आर्थिक चन्दा दिएका सदस्यहरुलाई प्रशंसा पत्र तथा क्रेकी प्रदान गरी संघद्वारा सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा हालै नेपालबाट आएका तमु प्ये ल्हु केन्द्रीय बोन्पो लम समितिको मुख्य सल्लाहकार पदमा रहेका टेकबहादुर पुंकी लम तमुले तमु बिम्जा बोन्पो संस्कारबारे लेखिएको पुस्तक संघका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । उनी र उनकी श्रीमतीलाई पराम्पराअनुसार संघले सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष मेजर रिटायर्ड खुसीमान ल्हेगे तमु एमभीओबाट उपस्थित सदस्यहरुलाई धन्यवाद दिँदै संघका पछिल्ला गतिविधिबारे जानकारी गरेका थिए । यसका साथै उनले आफ्नो संस्कार, परम्पराको जगेर्ना गर्नु सबैको अथक् जिम्मेवारी रहेकोमा जोड दिए ।

युकेका विभिन्न ठाउँमा रहेका तमु तथा गैरतमुहरु एकसाथ भेला भई भलाकुसारी र स्वादिला बीबीक्यु अनि विभिन्न खानाको साथ रमेका थिए । साथै संघका सदस्यहरु, आमा सहसमिति र युवा सहसमितिहरुद्वारा कार्यक्रमस्थलमा विभिन्न स्टल राखिएको थियो । त्यस अतिरिक्त, युवा सहसमितिको संयोजकत्वमा विभिन्न रमाइलो खेलहरू भएका थिए ।

कार्यक्रमको अन्ततिर, संघका द्वितीय उपाध्यक्ष बुद्वि क्रोम्चे तमुको संयोजकत्वमा सञ्चालन गरिएको राफल ड्र जसमा आकर्षक नगद पुरस्कारहरुसहित विभिन्न तौलमा सुन राखिएको थियो । संघको साँस्कृतिक टोलीद्वारा मनोरञ्जन दिँदै कार्यक्रम समाप्त गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!