मातृभूमिप्रति युवापुस्ताको चिन्तन र चासो

SHARE:

एटा संवाददाता
टिथवर्थ । मातृभूमि नेपालप्रति युवापुस्ताहरुले चिन्तन र चासो देखाएका छन् ।
गत शनिबार २१ जुलाईका दिन समृद्ध र समुन्नत नेपाल निर्माणको प्रक्रियामा गैरआवासीय नेपालीहरुको भूमिकाका विषयमा एनआरएनए युके युवा विभागको संयोजन र घाँसी नेपालको सहयोगमा टिथवर्थमा आयोजित ‘म अनि मेरो मातृभूमि’ विषयक अन्र्तक्रियामा सहभागी अधिकांश युवाहरुले त्यस्तो धारणा राखे । त्यस्तै, नेपाली भाषा, कला, संस्कृति, पहिचान र नेपालीपनलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्दै उनीहरुलाई मातृभूमिसँग जोड्नु पर्नेमा अधिकांश पहिलो पुस्ताका सहभागीहरुको भनाइ थियो ।

मर्चिङ्ग नेपालका युथहरुको बाक्लो उपस्थिति रहेको अन्तत्र्रिmयाको पहिलो चरणमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मातृभूमि नेपालको समृद्धिका बारेमा बेलायतवासी युवापुस्ताहरुले चिन्तन, चिन्ता र चासो राखेकोमा हर्ष र गौरव महसुस भएको बताए । ‘नेपाली भनेर मात्र पुग्दैन, नेपाली बन्नु सक्नु पर्छ’ भन्दै उनले त्यसका लागि नागरिकता मात्र पर्याप्त छैन, हरेक नेपालीमा नेपालीपन र नेपालीमन जगाउनु पर्नेमा जोड दिए । साथै, उनले बेलायती नेपाली समाजले अहिलेसम्म दिएको मात्र छ, लिएको केही छैन भन्दै देशलाई दु:ख, कष्ट परेको अवस्थामा बेलायतवासी नेपालीहरुले सहयोग गरिरहेको बताए ।

एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, राजेश हमाल, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी र नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण वक्ता रहेको अन्तत्र्रिmयामा महानायक राजेश हमालले नेपालको आर्थिक परिवर्तन र जीवन स्तरोन्नती हुनुमा विदेशमा बस्ने नेपालीहरुको ठूलो भूमिका रहेको उनको भनाइ थियो । उनले ७ दिनका लागि देशकै प्रमुख बन्नु भयो भने के गर्नुहुन्थ्यो भन्ने जिज्ञासामा विदेशमा बस्ने नेपालीहरुलाई नेपाली भएकोमा गर्व भएको अनुभूति गराउने बताए ।

वरिष्ठ पत्रकार दिलभूषण पाठकले सहजीकरण गरेको सो अन्तर्क्रियामा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरिए तापनि त्यसमा ‘गर्न सकिने छ’ उल्लेख भएकाले सो गैरआवासीय नागरिकता नदिन पनि सक्ने आशंका व्यक्त गर्दै सबैलाई चनाखो हुन अनुरोध गरे ।

त्यस्तै, नेपाली दूतावास, लन्डनका उपप्रमुख शरदराज आरणले सरकारको नीति तथा कार्यक्रमले गैरआवासीय नेपालीहरुको लगानी, श्रम र पुँजीलाई नेपाल भित्र्याउने लक्ष्य रहेको बताउँदै राजनैतिक अधिकारबाहेक सबै अधिकार भएको गैरआवासीय नेपाली परिचय पत्र जारी गरिएको बताए । त्यस्तै, वरिष्ठ पत्रकार पाठकले देशमा नयाँ सविधान आएपछि राजनैतिक स्थायित्व, उत्साह र व्यवसायिकता बढेको बताउँदै निराश नहुन आग्रह गरे ।
निर्धारित समयमा कार्यक्रम सुरु नभएकोमा धेरैजसो सहभागीले आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए । समय अभावका कारण सोचेअनुसार कार्यक्रममा छलफल हुन नपाएको समेत उनीहरुको गुनासो थियो ।

एनआरएनए युकेभित्रका गुनासाहरुसमेत नेपालबाट आएका विशेष अतिथि महानायक राजेश हमाल र पत्रकार दिलभूषण पाठकलाई एनआरएनए युकेका प्रमुख संरक्षक मे.रि. डमर घले एमबिई र एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले मायाको चिनो प्रदान गरेका थिए ।

एनआरएन युके प्रमुख संरक्षक मेजर मे.रि. डमर घले एमबिई, एनआरएन आयरल्यान्डका अध्यक्ष नवराज कोइराला, घाँसी नेपालका माधव घिमिरे, जलस्रोत विज्ञ विश्वनाथ कँडेल, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका अध्यक्ष मिन गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, एनआरएनए युकेका सल्लाहकार, आईसीसी सदस्यहरु र कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए युकेका अध्यक्ष फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने युवा संयोजक एवं कार्यक्रम संयोजक लालबहादुर गुरुङले कार्यक्रमको बारेमा बताएका थिए ।
टिथवर्थ नेपाली कम्युनिटीका सदस्यहरुले स्वयंसेवकको भूमिका खेलेको पहिलो सत्रको कार्यक्रममा समाजका सूर्य गुरुङले हेल्थ एन्ड सेप्mटीको बारेमा जानकारी दिएका थिए । एनआरएनए महासचिव राजकुमार त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!