सन्दीप लामिछानेलाई विदेश जान अनुमति

SHARE:

काठमाडौं २७ फेब्रुअरी २०२३ ।

सर्वोच्च अदालतले बलात्कार आरोपमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा।कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान दिने निर्णय गरेको हो। यसअघि उच्च अदालतले पाटनले उनलाई विदेश जान रोक लगाउँदै २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै पुनरावेदन दिएको थियो भने सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। धरौटीमा छाड्ने उच्चको आदेश पनि सर्वोच्चले सदर गरिदिएको छ।

दुवै पुनरावेदनलाई अग्राधिकार दिएर संयुक्त सुनुवाइ गरिएको थियो । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!