लन्डनमा प्रभु गुरुङको निर्देशनमा बन्यो ‘बलेको आगो ‘२’ निश्माको अभिनयले पुर्यायो चर्चामा (भिडियो सहित)

SHARE:

लन्डनमा प्रभु गुरुङको निर्देशनमा बन्यो ‘बलेको आगो ‘२’ निश्माको अभिनयले पुर्यायो चर्चामा (भिडियो सहित)

प्रभु गुरुङ – लन्डन ।

बेलायतमा निर्मित एक नयां म्यूजिक भिडियो‘बलेको आगो २’ रिलिज भएको छ । बेलायत कर्मथलो बनाइ नेपाली म्यूजिक भिडियो निर्देशनमा सक्रिय प्रभु गुरुङको नयाँ म्यूजिक भिडियो ‘बलेको आगो २’ आइतबार सार्वजनिक भएको हो।

उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित लाइभ टक शोमा निर्देशक प्रभु गुरुङले म्यूजिक भिडियो प्रेम र बिछोड केन्द्रित रहेको जनाउंदै दर्शकहरुलाई हेरिदिन आग्रह गरे ।

निर्देशक गुरुङले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘बलेको आगो २’ अझ पृथक बनाउन प्रयास गरेको प्रभुले बताए ।उक्त म्यूजिक भिडियोमा मोडल निश्मा बन,रोशन बस्नेत र दुर्गा सिंह,बिजय गिरीले अभिनय गरेका छन् ।

मोडल निश्मा बनले ‘बलेको आगो २’बाट धेरै अनुभव लिएको बताइन् ,बेलायतमा लन्डन फेसन हाउस द्यारा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको वेष्ट ब्युटीफुल’ फेशको उपाधि जितेकी निश्मा बनले विविध कार्यक्रममा आफ्नो प्रस्तुति दिएपनि म्यूजिक भिडियोमा भने पहिलो चोटी अभिनय गरेकी हुन् ।मोडल निश्माले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, उत्साहित छु ।’

उक्त म्यूजिक भिडियोमा राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ ।मेकअप पुष्पा गुरुङले गरेकी छन् । म्यूजिक भिडियोमा लन्डनको दृश्य कैद गरिएको छ । लन्डनकै छायांकार तथा सम्पादक सुमन श्रेष्ठले सिमित लोकेशनबाट पनि रमणीय दृश्य कैद गरिएको बताए । हेर्नुहोस् म्यूजिक भिडियोः

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!