बेलायतमा सांगीतिक धमाका दिँदै गायिका सुनिता थेगिम र गायक कमल खत्री

SHARE:

  • नगेन्द्र नेम्वाङ

लन्डन २६ मार्च २०२३ । गायिका सुनिता थेगिम र गायक कमल खत्री बेलायतमा सांगीतिक धमाका दिइरहेका छन् ।

सुनगाभा म्युजिकल इन्टरटेन्ट्मेन्टले ठमेल रेस्टुरेन्ट अल्डरसटमा मार्च २५ तारिख शनिबार आयोजित कार्यक्रममा थेगिम र गायक खत्रीले लोकप्रिय गीतसहित आफ्नो बेजोड प्रस्तुति दिएका थिए । यस्तै स्थानीय कलाकार गायकद्वय मौसम राई र किरन राई तथा गायिका जानुका राईले पनि गीत गाएर कार्यक्रममा अझ रौनकता थपिदिएको थियो ।

कलाकारद्वयले बेजिङ्स्टोक, तिथवोर्ध, स्वीन्डन, अल्डरसट कार्यक्रम भइसकेको छ । गायिका थेगिम र गायक खत्रीले अब प्लमस्टिड, डोनकास्टर, आस्फोर्ड, फोल्कस्टन र मेडेस्टोनमा प्रस्तुति दिने कार्यक्रम तय भइरहेको कार्यक्रम संयोजक सिर्जना निङ्लेखुले जानकारी दिइन् ।

सुनगाभा म्युजिकल इन्टरटेन्ट्मेन्टको निमन्त्रणामा गायिका थेगिम र गायक खत्री मार्च ८ तारिखमा लन्डन आइपुगेका हुन् । उनीहरु अप्रिल अन्तिम हप्ता नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!