सुमन पुनको निर्माण र जानु काम्बाङको लेखनमा रोमान्टिक म्यूजिक भिडियो

SHARE:

लन्डन २८ मार्च २०२३ । बेलायतको फार्नबोरो क्षेत्रबाट काउन्सिलर पदमा लडिसकेकी सुमन सुमनको निर्माणमा रोमान्टिक म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

साउथ इष्ट लन्डनस्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो निर्देशन तथा छायांकन लन्डनका लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।

कुशलले यसपटक भिडियोमा पुराना नायक ध्रुव दत्तसहित रोजिना ढकाललाई ‘डेब्यू’ गराएका छन् । ‘यस्तो एउटा संसार’ गीतमा गंगाराज राई र सुनिता थेगिमको स्वर तथा संगीत गंगाराजकै छ । संयोगवश नेपालकी चर्चित गायिका थेगिम म्यूजिक भिडियो लोकार्पण समारोहमा प्रत्यक्ष उपस्थित थिइन् । उनी सुनगाभा म्यूजिकल टुरका लागि यतिखेर बेलायतमा छन् ।

गीत रचना जानु काम्बाङ लिम्बुले गरेकी हुन् । कोरियोग्राफी एवं मेकअप दिपिका श्रेष्ठ, असिस्टेन्ट क्यामेरा गेहेन्द्र शाक्य, एरेन्ज उदयराज पौडेल र मिक्सिङ किशोर थापाले गरेका छन् । मिसेस् नेपाल यूके २०१७ आस्था जोशीले सञ्चालन गरेको कार्यक्रममा निर्मात्री सुमन पुनले गायिका, गीत र समस्त टिम मन परेपछि भिडियो निर्माण गरेको बताइन् । उनले भविष्यमा पनि नेपाली कला संस्कृति र गीत संगीतको प्रवर्धनमा लाग्ने अठोट व्यक्त गरेकी थिइन् ।

भिडियो लोकार्पणपछि सोही स्थानमा सुनगाभा म्यूजिकल कन्सर्ट भयो । कार्यक्रममा नेपालबाट आएका गायक-गायिका कमल खत्री, सुनिता थेगिम र बेलायतका स्थानीय कलाकारहरु दीपक थापा एवं सिर्जना निङलेकुले दमदार प्रस्तुति दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!