कसरी गर्न सकिन्छ त कल्पना ध्यान ?

SHARE:

नगेन्द्रराज नेम्वाङ
– शवासन गरौं अथवा कुनै ध्यान आसनमा बसौं ।
– ढाड सीधा पारी गर्धन र टाउको पनि सीधा परौं ।
– आँखा बन्द गरी आँखामा नानी निधारतिर केन्द्रित गरौं ।
– ÷४ पटक लामो लामो श्वास फेरौं ।
– पूरा शरीर रिल्याक्स छोडी आराम भएको अनुभव गरौं ।
– अब आपूm बादलमा बसी ध्यान गरिरहेको अनुभव गरौं ।
– चारैतिर निलो निलो आकाशलाई नियालौं ।
– हावाले बिचबिचमा बगाउदै ल्याएका बादलका टुक्राटुक्रीलाई पनि कल्पना गरौं ।
– बिस्तारै बादलको साथसाथौ हावा खादै धर्तितिर झर्दै गरेको अनुभव गरौं ।
– बिस्तारै बिस्तारै शरीर जमिनमा छँदै गएको अनुभव गरौं । पूर्वको क्षितिजमा रातो सूर्य उदाएको कल्पनामा ल्याऔं ।
– त्यसकै प्रकाशमा लालीमा पोतिएको हिमाललाई कल्पनामा उतारौं ।
– हिमालमुनीको हरियो बनको कल्पना गरौं ।
– त्यस पहाडलाई छिचोलेर झरझर्र गर्दै गरिरहेको बिशाल झर्नाको कल्पना गरौं ।
– अब आपूm बसेको ठाउँ नियालौं र त्यो एउटा टापु हो भनि जानौं ।
– चारैतिर समुन्द्र छ, समुन्द्रका तरंगलाई सुनौं, छाललाई नियाल्दै गरौं ।
– त्यस सिर्जन टापुमा एक्लै भएकोले सारा कपडा खोलेर समुद्रमा पौडी खेलौं, डुबल्की लगाऔं ।
– सग्लो पानीमा रंगीबिरंगी माछाहरुको लस्करलाई नियालौं ।
– ती माछाहरुसित जिस्किऔं ।
– अब चिसो पानीबाट बाहिरिएर न्यानो घाममा पल्टेको कल्पना गरौं ।
– आप्mनो सम्पूर्ण शरीरमा पारिलो घामको राप अनुभव गरौं ।
– अब मनमनै आत्मसुझाव दिऔं ।
– दिनाहँुदिन म स्वस्थ हुँदैछु ।
– यसरी बिस्तौ, हात, गोडा, चल्मलाऔं र आँखा खोलौं ।
– कल्पना ध्यानबाट, फाइदा, शरीर हल्का हुन्छ
– मनमा आनन्द मिल्छ । डर, त्रास, चिन्ता र तनाव कम हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!