काठमाडौं १६ अप्रिल २०२३ ।

गायक शितल गुरुङ र गायिका निशा गुरुङको स्वरमा सजिएको ‘युके लण्डनको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीत शितल गुरुङ युट्युव च्यानलमार्फत बैशाख ३ गते आइतबार सार्वजनिक भएको हो । सिताराम परियारको शब्द रहेको गीतमा शितल गुरुङको संगीत रहेको छ । एरेन्ज विनोद बजुराली, मिक्सिङ खड्क बजुरालीको छ । उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको हो ।
दिप फिल्मस्को प्रस्तुतिमा बनेको भिडियोमा बिजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिनसिंह ठकुरीको अभिनय छ । भिडियोमा लाहुरेको वास्तविक कथालाई उतारिएको छ । पोष्टर, इडिट, कलर विष्णुहरी तिमल्सीनाले गरेका छन् । भिडियोको निर्देशन दिप गुरुङले गरेका हुन् ।






