आईपीएल क्रिकेटमा बेङ्गलोरको चौथो जित

SHARE:

एजेन्सी २३ अप्रिल २०२३ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले चौथो जित हासिल गरेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलामा बेङ्गलोरले शीर्ष स्थानको राजस्थान रोयल्सलाई ७ रनले हरायो । बेङ्गलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । राजस्थानका देवदत्त पड्डिकलले ५२, यशस्वी जैसवालले ४७ र ध्रुव जुरेलले नटआउट ३४ रन बनाए।

बेङ्गलोरका हर्षल पटेलले तीन विकेट लिए। यस्तै, मोहम्मद सिराज र डेभिड विल्लेले समान १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। बेङ्गलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाए। यस्तै, र फाफ डु प्लेसिसले ६२ रन बनाए। राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २–२ विकेट लिए। यस्तै, रविचन्द्रन आश्विन र युज्वेन्द्र चहलले १–१ विकेट लिए।

आइतबार खेलमा जित निकालेसँगै बैङ्गलोर ७ खेलबाट ८ अंक जुटाएर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। ७ खेलबाट ८ अंक नै जोडेको राजस्थान रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!