म्याग्दी गाउँले समाजको १२औं वार्षिक भेटघाट

SHARE:

लालबहादुर पुन
लन्डन । गत २८ जुलाई शनिबार ३ गाबिस अर्मन, बरंजा र भकिम्ली (सुर्केमेला रथामडाँडा) म्याग्दी गाउँले समाज युकेले १२औं वार्षिक भेटघाट कार्यक्रम सम्पन गरेको छ ।

श्यान्दुर्सटस्थित काउन्सिल अफिस, श्यान्दुरुस्त मेमोरिअल पार्क बक्र्साईर हलमा कार्यक्रम सम्पन्न भएको हो । भेटेरान र युथबीच भलिबल खेलबाट सुरु भएको १२औं बार्षिक भेटघाट कार्यक्रममा भेटेरान टीमले विजय हासिल गरेका थिए
भलिबल खेलपछि सुरु भएको कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे समाजका सचिब रविन्द्रद्ररोकाले जानकारी दिएका थिए । त्यसपछि समाजका जेष्ठ नागरिक पुनराम पुन, प्रमुख अतिथि मोना युकेका अध्यक्ष कमल पुर्जा र समाजका अध्यक्ष बेल बुढाथोकीद्वारा दीप प्रज्वलन गरेका थिए ।

कर्यक्रममा विशेष अतिथि विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, समाजका संस्थापक अध्यक्ष गणेश बुढाथोकी, निवर्तमान अध्यक्ष ले. क्यु.जी.वो) टिकाजीत पुन, अतिथिहरु मोना आइसीसीका महासचिव मिम पुर्जा, एनआरएनए होल्यान्डका सचिव शान्ति घले, देबिस्थान गाबिस समाजका अध्यक्ष टंक शेरचन, लेखाली समाज युकेका अध्यक्ष क्या. दुर्गा राम्जाली, बिमा समाज युकेका सल्लाहकार तिर्थ जुग्जाली, नेपाल इञ्जिनियर सोसाइटी युकेका अध्यक्ष तेजिन्द्र रोका, चर्चित लोकप्रिय कलाकार जय लक्ष्मी छन्त्याल, वरिष्ठ सल्लाहकार बरंजाका भूपू प्रधानपन्च कर्ण रोका, ३ भिदिसी युकेका महिला अध्यक्ष दिलु बुढाथोकीबाट संयुक्त रिबन काटेर सुरु गरिएको भेटघाट कार्यक्रममा सहयोजक समाजका उपाध्यक्ष लालबहादुर पुनले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा नयाँ ज्वाइँ–चेली, नयाँ सदस्यहरु, नवबिबाहित दुलहा–दुलहीहरु, नयाँ पुत्र सुपुत्री लाभ भएका सदस्यहरु, ब्रिटिस आर्मीमा कार्यरत विभिन्न ओहोदामा प्रमोसन लिएकाहरु र भर्खरै भर्ती भएकाहरुलाई, मोना युके भलिबल टिमका ३ भिदिसी समाजदेखि भाग लिने खेलाडी टेक बुढाथोकी, एकेन्द्रद्रपुन र रामु रोका, विश्व मगर संघ बेल्जियमका नवनिर्वाचित अध्यक्ष लोक राना, मोना आइसीसीका निर्वाचित महासचिव मिम पुर्जा, एनआरएन युकेका नयाँ सदस्य मनिष खड्का, समाजका सदस्यका छोरी शेर थापा, आमा चम्फा थापाकी जेठी छोरी रिमा थापा भर्खरै द्यचगलभ िग्ल्क्ष्ख्भ्च्क्क्ष्त्थ् इा ीयलमयल बाट क्अष्भलअभ ष्ल ँष्लबलअष्ब ि:बतजझबतष्अक विषयमा हालै द्यबअजभयिच धष्तज ज्यलयगचक मा उत्तीर्ण, यस्तैगरी नेपालका चर्चित लोकप्रिय कलाकार जय लक्ष्मी छन्त्याल पुनलाई प्रमुख अतिथि मोना युकेका अध्यक्ष कमल पुर्जा र ३ भीदिसीका अध्यक्ष बेल बुढाथोकी र महिला अध्यक्ष दिलु बुढाथोकी, समाजका जेष्ठ नागरिक पुनाराम पुन तथा अतिथिहरुले खादा र अबिर लगाई स्वागत, बधाई तथा सम्मान गरियो ।

समाजका संस्थापक अध्यक्ष गणेश बुढाथोकीले सञ्चालन गरेको मनोरन्जनात्मक राइफल ड्र कार्यक्रम, संस्कृति सचिव जमुना रोकाले सञ्चालन गरेको संस्कृति कार्यक्रममा कौडा केटाकेटी दुई जोडीको, सालैजो केटाकेटी तीन जोडीको, पानी कुवाको सुमिता रोका, हेमन पुनको जोडी तथा mष्ह चझष्ह लिना पुनद्वारा प्रस्तुत दिएका थिए भने नेपालका चर्चित लोकप्रिय कलाकार जयलक्ष्मी छन्त्याल पुनले आफ्नो प्रस्तुतिमा माहोल नै परिवर्तन बनाइ भरपूर्ण मनोरञ्जन दिँदै कार्यक्रम समाप्त गरिएको थियो ।

३ भीडीसी युकेका अध्यक्ष बेल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको वार्षिक भेटघाटमा सहयोजक समाजका उपाध्यक्ष लालबहादुर पुनले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!