चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

SHARE:

काठमाडौं ६ मे २०२३ ।

चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक भएको छ ।

१ मिनेट ९ सेकेण्ड लामो चलचित्रको उक्त टिजर सार्वजनिक भएको हो । टिजरमा सस्पेन्स, थ्रीलर र इमोसनलाई प्रस्तुत गरिएको छ । आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा एक बेपत्ता पात्रको खोजीमा सीआईबीले गरिरहेको अनुसन्धानमा कथा केन्द्रित रहेको टिजरबाट बुझ्न सकिन्छ।

चलचित्रमा दीया पुन, विजय लामा, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी र आईशा तामाङको अभिनय रहेको छ ।

प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको यस चलचित्रमा कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रविन्द्र श्रेष्ठ रहेका छन् । चलचित्र साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ । चलचित्रमा बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको छ ।

विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्रमा सामाजिक एवं साँस्कृतिक कथा वस्तुमा निर्माण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!