लण्डन ११ मे २०२३ ।

नेपाली ओपन कन्सर्टका लागि नेपाली कलाकार बेलायत आइपुगेका छन् ।
मगर संघ युकेको आयोजनामा १३ मे मा हुने नेपाली ओपन कन्सर्टका लागि नेपाली कलाकारहरु प्रमोद खरेल, ज्योती मगर र छ्यवाङ लामा बेलायत आइपúेका हुन् । कलाकारहरुलाई विमानस्थलमा मगर संघ यूकेका अध्यक्ष सीता पुन मगरले खादा लगाएर स्वागत गरेकमी छन् ।
मगर संघ युकेले वर्षेनी आयोजना गर्दै आएको नेपाली ओपन कन्सर्टको यो १५ औं संस्करण हो । कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष सीता पुन मगरले जानकारी दिएकी छन् ।






