आईपिएल क्रिकेटमा लखनउद्वारा हैदराबाद ७ विकेटले पराजित

SHARE:

एजेन्सी १३ मे २०२३ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि प्रेरक माँकडले नटआउट ६४ रन बनाए, निकोलस पुरनले १३ बलमा ४४ रन हाने । हैदराबादका ग्लेन फिलिप्स, मयङ्क मार्कन्डे र अभिषेक शर्माले १र१ विकेट लिए । यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १ सय ८२ बनायो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४७ रन बनाए ।

लखनउका क्रुनाल पाण्ड्याले २ विकेट लिए । जितसँगै लखनउ १३ अङ्कसहित चौथो स्थानमा पुगेको छ । ८ अङ्क रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ । आजको जितसँगै लखनउले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । हैदराबादको सम्भावना कम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!