चलचित्र विकास बोर्डले असारमा राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने

SHARE:

काठमाडौं १६ मे २०२३ ।

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

आगामी असार १, २ र ३ गते दाङ जिल्लामा उक्त महोत्सव आयोजना गर्ने जेठ २ गते बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्डका प्रवक्ता के.एल बुढाथोकीले बताए । महोत्सवको संयोजक प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्महरु प्रदर्शन गरिनेछ ।

साथै फिल्मसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ । महोत्सवको दौरान बालबालिकासँग भुवन केसीु सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए ।

बालबालिकामाझ फिल्ममार्फत शिक्षा र संस्कृति अगाडि बढाउने, बालबालिकाहरुलाई फिल्मको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन सघाउनका लागि राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!