विश्वकप छनोटको तयारीका लागि नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका जाने

SHARE:

काठमाडौं १७ मे २०२३ ।

आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ ।

अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै काम सकिए यही महिनाको अन्तिममा नेपाली खेलाडी दक्षिण अफ्रिका उड्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामै बसेर गर्नेछ। त्यहाँ रहँदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्म अप खेल खेलाउने क्यानको तयारी छ।

दक्षिण अफ्रिकामा रहँदा बलियो घरेलु टोलीसँग अभ्यास खेलका लागि प्रस्ताव गर्ने क्यानले जनाएको छ । आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटमा १० टोली सहभागी हुने टुङ्गो लागे पनि आइसिसीले समूह विभाजन गरेको छैन । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

नेपालले बन्द प्रशिक्षणको लागि केही दिनभित्रै टोलीको घोषणा गर्ने तयारी गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!