बेलायत भ्रमणका क्रममा नेपालकी गायिका सुनिता दुलालले बनाइन् तीज गीतको म्यूजिक भिडियो

SHARE:

लण्डन १८ मे २०२३ ।

नेपालकी चर्चित गायिका सुनिता दुलालले बेलायत भ्रमणका क्रममा कोलचेष्टर पुगेर तीज गीतको म्यूजिक भिडियो बनाएकी छन् ।

कमला खत्रीको गीतमा दुलालले तीज गीत गाएकी हुन् । कोलचेष्टरको क्यासल पार्क गार्डेन्स्मा गत आइतबार म्यूजिक भिडियो छायांकन गरिएको थियो । लन्डनका चर्चित निर्देशक कुशल श्रेष्ठले छायांकन तथा निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा कोलचेष्टरवासी नेपाली महिलाले अभिनय गरेका छन् । समाजसेवी युवराज खत्रीकी श्रीमति कमलाले कोलचेष्टर नेपलिज सोसाइटीका अध्यक्ष तथा ट्रष्टी मेजर रि. उदयबहादुर गुरुङ एमबीइलाई अनुरोध गरेपछि अध्यक्ष गुरुङले कोलचेष्टर सिटी काउन्सिललाई पत्राचार गरेर काउन्सिलले छायांकनका लागि उक्त पार्कमा अनुमति दिएको थियो ।

म्यूजिक भिडियो छायांकनका क्रममा गीतकार कमला खत्री, गायिका सुनिता दुलाल, निर्देशक, छायांकार तथा सम्पादक कुशल श्रेष्ठ, कोरियोग्राफर सपना रानामगर, मेकअप आर्टिष्ट दिपिका श्रेष्ठ, सहायक क्यामेराम्यान खगेन्द्रजंग ठकुरी र कोलचेष्टर नेपलिज सोसाइटी आवद्ध महिलाहरु सहभागी थिए ।छायांकनका क्रममा तीजको दर खाने, चेलीबेटीले आफ्नो माइती गएको लगायतका दृश्य कैद गरि सांझ ५ बजे समापन गरिएको थियो।

कोलचेष्टर नेपलिज सोसाइटीका अध्यक्ष तथा ट्रष्टी मेजर रि. उदयबहादुर गुरुङ एमबीइले नेपालकी चर्चित गायिकाको गीतमा आफ्नो क्षेत्रमा तीज गीतको म्यूजिक भिडियो बनेकोमा खुशी व्यक्त गर्दै टिमको सामूहिक प्रयासका बाबजुद प्रोजेक्ट सफल भएकोप्रति सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष गुरुङले आउंदो १५ सेप्टेम्बर, २०२३ मा उक्त म्यूजिक भिडियो सार्वजनिक गर्ने योजना रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!