एजेन्सी २० मे २०२३ ।
चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा आज दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो । चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो । उसका लागि डेविड वार्नरले सर्वाधिक ८६ रन बनाए । चेन्नईका दीपक चहरले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो । उसका लागि देवन कन्वेले ८७ र ऋतुराज गायकवाडले ७९ रन बनाए । दिल्ली यसअघि नै प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।