गोर्खा कप २०२३ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको घोषणा: तमुधी युके
आइतवार २१ मे २०२३ – बेलायत। तमुधी युकेले गोर्खा कप २०२३ को लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा आइतवार २८ मे का दिन संचालन हुने भएको छ।
पत्रकार सम्मेलनमा गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिब क्याप्टेन दिपक घलेले गोर्खा कप २०२३ को सम्पूर्ण कार्यहरु तयारी भईसकेको जानकारी दिएका छन । यस बर्ष गोर्खा कपमा, मुख्य टिम ३२, र भेट्रान टिम १०, र २ महिला टिम गरेर जम्मा ४४ टिमले भाग लिने बताएका छन। गोर्खा कपमा २ वटा महिला फुटबल टिमहरु रनडर बल्ट र यमके लेडिसले भाग लिने भएको छ। महिला फुटबल टिमले भाग लिएको यो दोस्रो बर्ष हो। यसै बर्ष नेपालबाट पोखरा ११ का १५ जना फूटबल खेलाडीहरुको सहभागिता रहने भएको छ भने बेल्जियम अन्डर १६ को राष्ट्रिय खेलाडी गौरब घलेको पनि सहभागिता रहने भएको छ।
गोर्खा कपमा फुटबल मेन टिमको बिजेतालाई £२५००, उपविजेतालाई £१५००, भेट्रान टिमको बिजेतालाई £१२००, उपविजेतालाई £८००, महिला टिमको बिजेतालाई £५००, उपविजेतालाई £३०० नगद पुरुष्कार प्रदान गर्ने भएको छ। ठेलो भेट्रान टिमको बिजेतालाई £२००, उपविजेतालाई £१००, ठेलो युथ टिमको बिजेतालाई £२०० र उपविजेतालाई £१०० नगद पुरुष्कार प्रदान गर्ने भएको छ।
गोर्खा कप २०२३ को मुख्य आकर्षणहरु मध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, मोरगेजका स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको क्याप्टेन घलेले बताएका छन । यस बर्ष पनि बिगतका बर्षहरुमा झैं गोर्खा कपमा ठेलो प्रतियोगिता पनि राखिएको छ।
गोर्खा कपमा प्रमुख अतिथि, ग्रिसका राजकुमार फिलिप्स र ग्रिस तथा डेनमार्कका राजकुमारी निनालाई आमन्त्रण गरिएको छ भने, बिशेष अतिथिहरुमा रसमुरबोरो काउन्सिलका मेयर जोन मार्श नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल गोरख घले अन्य अतिथिहरुमा, मिलिटरी अत्याची ले. कर्नेल रत्न बहादुर गोदार, लगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरु रहने बताएका छन ।
गोर्खा कपको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ सयोजक क्याप्टेन दिपक घले, अध्यक्ष हरी गुरुङले सहजीकरण गरेका थिए। पत्रकार सम्मेलनकै दिन तमुधीका अध्यक्ष हरि गुरुङले गोर्खा कपको संचालक समितिको सहयोगमा टिम ड्र गरेका छन।
तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए। पत्रकार सम्मेलनमा तमुधी युकेले उपस्थित पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेका छन। उक्त स्वागत तथा सम्मान कार्यक्रममा तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अनलाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए।
गोर्खा कपको पत्रकार सम्मेलनमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन तमु, पुर्ब अध्यक्षहरु, रामचन्द्र तमु (सुर्जे) ज्ञाम गुरुङ, नन्द जंग गुरुङ, हितकाजी गुरुङ, बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्षहरु परशुराम गुरुङ, कमल गुरुङ, महासचिब डा. बिशाल गुरुङ सचिब बिमल गुरुङ, कोषाध्यक्ष दिल माया गुरुङ, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, संरक्षक तथा बरिष्ठ साहित्यकार एकिन्द्र गुरुङ, तमु फोरम युकेका निर्देशक क्याप्टेन राजु गुरुङ, तमुधी युकेका संरक्षकहरु, सल्लाहकारहरुलगायत बिभिन्न बर्गका बुद्धिजीवी तथा प्रबुद्ध ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल, संस्थापक अध्यक्ष तथा संरक्षक नबिन पोख्रेल, पत्रकारहरु एभेरेष्ट टाईम्स युकेका अन लाइन्स प्रमुख एसके गुरुङ, प्रबन्ध निर्देशक नगेन्द्र नेमबाङ, सम्पादक तथा साहित्यकार चिम्खोले काईला, ग्लोबल दैनिक डट कमका सम्पादक कर्मा पहाडी शेर्पा, नेपाली समाचार डट कमका सम्पादक बिश्वासदिप तेगेला, फोनिज युका सदस्य तथा गीतकार मुकेश राई, खबर डट युकेका प्रधान सम्पादक युकेका इन्द्र घोथाने, सिङजा डट कमका सम्पादक टेक बहादुर थापा, तमू मै टाँका सम्पादक मिमकाजी गुरुङलगायत बरिष्ठ फोटो पत्रकार जेन थापा धेरै पत्रकारहरुको उपस्थिति रहेको थियो।