सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको जन्मदर्ताको फाइल मगाउन आदेश

SHARE:

काठमाडौं २१ मे २०२३ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ ।

यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो । तर, अदालतले दुवै पक्षको बहस सुनेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरीको जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश दिएको छ ।

न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो । यो प्रकरणमा यसअघि वडा कार्यालयले अदालतलाई जन्मदर्ताको प्रतिलिपिसहित जवाफ पठाएको थियो । तर, यस पटक अदालतले उक्त जन्मदर्ताको सक्कलै फाइल मगाएको हो ।

सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो फास्ट ट्रयाकमा टुंग्याउन निर्देशनात्मक आदेश दिएको थियो । तर सर्वोच्चको आदेश आएको तीन महिना बितिसक्दा पनि जिल्ला अदालत काठमाडौंले टुंगो लगाउन सकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!