लण्डन २४ मे २०२३ टंक शेरचन फार्नहाम ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, यूके शाखाले आयोजना गरेको “छैठौ लोक दोहोरी स्वर्णिम साँझ २०२३” यूकेको फार्नबोरो स्थित सामुयल कोड़ी स्कुलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।
गत २० मे २०२३ शनिबारको दिन नेपालबाट आएका १५ जना र करिव ८ जना स्थानिय गरेर करिव २३ जना कलाकारहरूको उपस्थिति थियो । दर्शकहरूको बाग्लो उपस्थिति भएको कार्यक्रममा प्रत्यक्ष दोहोरी गाउनको लागि प्रतिष्ठानमा आबद्ध सदस्यहरू यूकेको अन्य शहरहरूमा लगायत नर्डन आयरल्याण्ड बाट पनि जहाजको फ्लाईट लिएर आएको थिए । पहिलो चरणमा लाईभ दोहोरी धेरै भन्दा धेरै स्थानिय कलाकारहरूलाई यूकेको बिभिन्न संघ संस्था द्वारा आमन्त्रित नेपालको राष्ट्रिय कलाकारहरू संग गाउने अवशर दिईएको थियो र दोस्रो चरणमा राष्ट्रिय कलाकारहरूले आफ्नो म्यूजिक ट्रयाकमा प्रस्तुति दिएर स्टेज तताएको थिए ।
बरिष्ठ गायीका मीरा राणाको प्रमुख आतित्थ्यमा औपचारिक कार्यक्रम प्रतिष्ठान यूकेको बर्तमान अध्यक्ष लक्ष्मण रानालाई सभापतिको आशन ग्रहणमा शुरू भएको थियो । कार्यक्रम समुद्घाटनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रिय उपाध्यक्ष रमेशराज भट्टराई अध्यक्ष तथा प्रमुख अतिथिले एक साथ दिप प्रज्वलन गरेको थिए भने स्टेजमा प्रतिष्ठान केन्द्रिय महासचिव शिव हमाल, सदस्यहरू सम्झना भण्डारी करिश्मा ढकाल, लगायत अन्य थुप्रै राष्ट्रिय कलाकारहरू, प्रतिष्ठान यूकेको निवर्तमान अध्यक्ष तथा संरक्षक टंक शेरचन लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण सल्लाहकारहरूलाई बोलाएर बेलुन फुटाईएको थियो ।
साथै प्रतिष्ठान यूकेको हाल सम्म दिवंगत हुनु भएको ३ जना आजीवन सदस्यहरू स्व। हरिमान गुरूङ, स्व। बद्री केसि, स्व। बिर बहादुर गुरूङ को सम्झनामा २ मिनट मौनधारण गर्नुको साथै बरिष्ठ गायीका मीरा राणा र संरक्षक टंक शेरचनलाई दोसल्ला ओदाई ताम्रपत्र प्रदान गरि सम्मान गरिएको थियो । प्रतिष्ठान यूकेको सचिव रत्न शाहीले औपचारिक कार्यक्रम सन्चालन गरेको थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रम प्रथम उपाध्यक्ष तथा स्वर्णिम साँझ २०२३ को संयोजक मनसुधन थापा र द्धितिय उपाध्यक्ष कल्पना श्रीपालले गरेकि थिईन् ।