स्याङ्जा समाज यूकेको निमन्त्रणामा नेपाली कलाकार सिमा र श्याम बेलायत प्रस्थान

SHARE:

लण्डन २७ मे २०२३ ।


स्याङ्जा समाज यूकेको निमन्त्रणामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार श्याम रानामगर र सिमा नानु गुरुङ बेलायत प्रस्थान गरेका छन् ।

कलाकारद्वय रानामगर र गुरुङ शनिबार बिहान २७ मे २०२३ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ लागेका हुन् । कलाकारद्वयको बेलायतमा विभिन्न कार्यक्रम हुने भए पनि आगामी २४ जुन २०२३ मा स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र सम्मर बीबीक्यू मुख्य कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

वार्षिक भेटघाट फानबोरोस्थित ग्रान्ज कम्युनिटी जुनियर स्कुलमा हुने कार्यक्रम संयोजक एवं स्याङ्जा समाज यूकेका उपाध्यक्ष भरत गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम कार्यक्रम बिहान ११ बजेदेखि राति ९ बजेसम्म हुनेछ ।

कार्यक्रम सफल बनाउन र मनोरञ्जन लिनका लागि बेलायतवासी स्याङ्जाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आयोजकले उपस्थिति भइदिन अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!