नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक

SHARE:

काठमाडौं ३१ मे २०२३ ।

नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दुःख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताए ।

त्यस्तै,अभिनेत्री दिया पुनले यस चलचित्रमा आफूलाई फरक भुमिका र अभिनयमा पाउने बताइन् । चलचित्रमा ‘मर्डर मिस्ट्रि ’को कथालाई समावेश गरिएको छ । चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र आगामी असार ८ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!