यही जून १७ र १८ मा चलचित्र ‘ह्यारी कि प्यारी’ बेलायतमा प्रदर्शन हुने

SHARE:

लन्डन । डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’डेढ हप्तापछि बेलायतमा प्रदर्शन हुने भएको छ ।

सपन इन्टरटेन्टमेन्ट प्रालि यूकेको अगुवाइमा यही जुन १७ र १८ गते प्रर्शन गरिन लागेको हो । उक्त कम्पनीका निर्देशक तथा गायक सपनकुमार राईका अनुसार जुन १७ मा अल्डरसटको प्रिन्सेस हलमा बेलुकी साढे ६ बजे र सोही समयमा भोलिपल्ट जून १८ तारिखमा ट्रमसेड विलउचमा ह्यारी कि प्यारी प्रदर्शन हुनेछ ।

चलचित्र प्रदर्शनका लागि ट्राभल कन्सोल र अनुग्रह ज्वेलर्सले साथ दिएको छ । उक्त प्रदर्शनीमा सहभागी हुन निर्देशक राईले आग्रह गरेका छन् । ‘बेलायतमा बस्नु भएका मेरा प्यारा आफन्तजन र प्यारा साथीभाइ अनि शुभचिन्तकज्यूहरुमा उपस्थितिको लागि फेरि अनुरोध गरे’, उनले फेसबुकमा लेखेका छन् ।

दर्शक टिकट साधारण १५ पाउन्ड र भीआईपी २० पाउन्ड तोकिएको छ  ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह शीर्ष भूमिकामा छन् । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए ।

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको चलचित्रमा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहेको छ ।

चलचित्र पर्वतको भुकदेउरालीमा छायांकन गरिएको हो । यो बिआर प्रोडक्सनको प्रस्तुति हो । सिनेमाका गीतमा थोमस एण्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपनकुमार राईको स्वर रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!