नेपाली चर्चित रकगायक रोविन तामाङको निधन

SHARE:

काठमाडौं ५ जुलाई २०२३ । नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो । रोविन घरको कोठा भित्र मृत भेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । मृत्यु कसरी र के कारणले भएको भन्ने बारे खुलासा भएको छैन ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’ ‘जति माया लाए पनि’ ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन् ।

छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!