राजु र शिलालाई बेलायतमा भव्य स्वागत

SHARE:

लण्डन ७ जुलाई २०२३ । लोकगीत क्षेत्रका बादशाह चर्चित लोक तथा दोहोरीगायक राजु परियार र गायिका शिला आले बेलायत आइपुगेका छन् ।

सुनगाभा इन्टरटेन्टमेन्टको निम्तोमा बिहिबार लण्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका उनीहरुलाई आयोजकले भव्य स्वागत एवं सम्मान गरेका छन् । सुनगाभा इन्टरेन्टमेन्टको लोकदोहोरी धमाका २०२३ सँगै बेलायतका विभिन्न सहरमा हुने कार्यक्रममा राजु र शिलाको विशेष प्रस्तुति रहनेछ ।

विमानस्थलमा छोटो कुराकानी गर्दै गायक राजु परियारले आफू सांगीतिक कार्यक्रमका लागि दोस्रो पल्ट लन्डन आएको बताए । गायिका शिला आलेले नेपाली लोकगीत संगीतप्रेमीसँग जमघट हुने अवसर मिलेको भन्दै सहभागिताको लागि आह्वान गरिन् ।

विमानस्थलमा कार्यक्रम सयोंजक लोकनाथ अधिकारी, लमजुङ समाजका सांस्कृतिक संयोजक इन्द्रजित गुरुङ, पार्वती गुरुङ, सुन्दर बजार समाजका सल्लाहकार धनबहादुर गुरुङ, काशीदेवी गुरुङ, उपाध्यक्ष लिला गुरुङ, सुनसरी गुरुङ, लमजुङ समाजका महासचिव कुमार गुरुङ र सुनगाभा इन्टरटेन्टमेन्टका आइटी निर्देशक लगायत सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!