नेपाली फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक

SHARE:

काठमाडौं १३ जुलाई २०२३ ।

नेपाली फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ ।

राजनीतिक पृष्ठभूमीमा तयार पारिएको पोस्टरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । भदौ २९ गतेका लागि प्रदर्शन मिति तोकिएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको नांगो गाउँ लाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । ‘नाङ्गो गाउँ’ ले राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुन्छ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।

फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । ‘नाङ्गो गाउँ’ भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!