थामेन्दिङमाको आयोजनामा हाजिरी जवाफ तथा वक्तृत्व कला प्रतियोगिता

SHARE:

कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

लन्डन । किरात याक्थुड चुम्लुड युके थामेन्दिङमाको आयोजनामा अन्तर शाखा हाजिरी जवाफ तथा वक्तृत्व कला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

याक्थुङ सांस्कृतिक अभियानलाई निरन्तरता दिन, किरात याक्थुङ चुम्लुङ युकेको राष्ट्रिय महाधिवेशन म्यान्डेटअनुसार यो वर्षका प्रतियोगिता यही अगस्ट ४ का दिन अल्डरसटस्थित एम्पायर ब्याङक्युटिङ एन्ड हलमा भव्य रुपमा सम्पन्न गरिएको हो । प्रतियोगितामा हाजिरी जवाफ र व्यत्तृmत्व कला समावेश थिए । हाजिरी जवाफमा लिम्बू भाषा, लिपि, संस्कार, कला, भूगोल, चुम्लुङ, संस्कृति, भेषभूषा, गरगहना, इतिहास, मुन्धुम लिम्बूसम्बन्धी प्रश्नहरु सोधिएका थिए ।

प्रतियोगिताको नियमअनुसार हरेक शाखाबाट ५ जना महिला, पुरुष मिश्रित र २ जना युवा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको थियो । यस्तै व्यक्तित्व कलातर्फ लिम्बूहरुको मौलिक बाजा ‘केलाड’ विषयमा १० मिनेट लिम्बू भाषामा शाखाबाट एकजना प्रतियोगीले मन्तव्य दिनुपर्ने थियो । हाजिरी जवाफमा पहिलो रसमुर, बेजिङस्टोक दोस्रो र वेल्स शाखा तेस्रो स्थानमा आउन सफल भए । यस्तै वक्तृत्व कलामा प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिनियर ग्रेटर लन्डनका पूर्ण वखिम, बेजिङस्टोककी अमृता पालुङ्वा र वेल्सका दीपक लिम्बूले हात पारेका थिए । विजयी शाखाहरुलाई ट्रफीसहित र प्रमाणपत्र तथा अन्य प्रतियोगी सबैलाई प्रमाणपत्र वितरण गरियो ।

हाजिरी जवाफ सञ्चालन चर्चित सञ्चारकर्मी बिमला सेने र विजयविक्रम लिङ्देन, खुसी तावा, माइता इवा, लाहाहाङ चेम्जङ, धनकुमार काम्बाङ, विश्वासदीप तिगेला, लाल आङ्देम्बे, पेजराज कुरुम्बाङ, त्रिलोक खापुङ, खड्कहाङ लिम्बू, दीपेन्द्र यक्सो, काजी साम्यो, जीत मेयाङ्बो, अरुण जबेगू, खगेन्द्र लावती, नगेन्द्र नेम्बाङले साथ दिएका थिए ।

यसैगरी वत्तृmत्व कला प्रतियोगिता निर्णायक तुम्याहाङको जिम्मेवारी सुवर्ण नेम्वाङ, नरकुमारी अनेम, ब्रविन शेर्मा र दिलकुमार सम्बाहाम्फेलाई दिइएको थियो । वक्तृत्व कला प्रतियोतिामा वेल्सबाट दीपक लिम्बू, रसमुरबाट सीता नेम्वाङ, बेजिङस्टोकबाट अमृता पालङ्वा, अक्सफोर्डबाट अमित थेवे र सिनियर ग्रेटर लन्डनबाट पूर्ण बखिमले प्रतिनिधित्व गरेका थिए । हाजिरी जवाफतर्फ अक्सफोर्ड, आसफोर्ड, ग्रेस, ग्रेटर लन्डन, मेडिस्टोन, रसमुर, रेडिङ, वारविकशायर, वेल्स, सिनियर ग्रेटर लन्डन र स्वीन्डन शाखाले भाग लिएका थिए ।
कार्यक्रम सफल बनाउन दिलसिं मेन्याङ्बो, नेत्रकला एभेड् (यूमा), लोकेन्द्र तबेबुङ, शकुन्तला यक्पान्देन नेम्वाङ, सुवर्ण÷नन्दशोभा नेम्वाङ, तेज मेयाङ्बो, आशा सुब्बा, कृष्णकुमार हेम्ब्या, कुलप्रसाद योङ्या, धनकुमार काम्बाड, मेजर चित्रराज हुक्पा चोङबाङ, जय मादेम्बा, याक्थुङ माङ्गेना चुम्लुङ, लक्ष्मी चेम्जङ, लीला सेलिङ, सुवर्ण इधिङ्गो, मनु माङ्देन, दीपक तुम्बापोले आर्थिक सहयोग गरेका थिए ।

आफ्ना मौलिक कला, संस्कृति, संस्कार, भेषभूषाजस्ता याक्थुङ पहिचान संकटमा पर्न नदिन यस्ता कार्यक्रमको अत्यन्तै ठूलो महत्व राख्ने थामेन्दिङकी अध्यक्ष नेत्रहला लिम्बूले (यूमा) आफ्नो मन्तव्यमा स्पष्ट पारिन् । उनले अगाडि भनिन्, ‘हामीलाई याक्थुुङ्बाका सन्तान हौं भनेर गर्व गर्नलायकको फरक पहिचान दिएको छ, तर यसलाई विदेशमा बस्ने खासगरी हाम्रा युवाहरुले विस्तारै बिर्सन थालेका छन् ।’ उनले पूर्खाहरुले निर्माण गरेका कला संस्कृतिलाई संरक्षण, सम्वद्र्धन तथा विकास गर्दै अबका नयाँपिढीका युवाहरुमा हस्तान्तरण होस् भन्ने उद्देश्यले, किरात याक्थुङ चुम्लुङ युके केन्द्रअन्तर्गत रहेको, थामेन्दिङमा (किरात याक्थुङ चुम्लुङ युके, महिला समिति) विभिन्न सन्देशमूलक सांस्कृतिक अभियानमा निरन्तर लागिरहेको बताइन् । यो प्रतियोगिता गतसाल २६ मार्चमा थामेन्दिङमाकै आयोजनामा पहिलोचोटि सम्पन्न ऐतिहासिक कार्यक्रमको निरन्तरता भएको उनको थप भनाइ थियो ।

कार्यक्रम उद्घाटन सत्रको सञ्चालन संस्थाकी महासचिव सकुन् यक्पान्देन नेम्वाङले गरेकी थिइन् । प्रमुख अथिति केवाईसी युकेका अध्यक्ष दिलसिं मेयाङ्बो, विशेष अथिति संस्थाकै सल्लाहकार नरकुमारी अनेम तथा अन्य अथितिहरुमा माङ्गेना चुम्लुङकी अध्यक्ष कमला सेन्दाङ, रसमुर नेपाली महिला समाजकी अध्यक्ष लीला सेलिड, गीतकार जानु काम्बाङ, याक्थुड गायकद्वय दीपक केदेम र ब्रविन शेर्मा एवम् एनआरएन युके, आदिवासी जनजाति महासंघ युकेलगायत अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । उपस्थित अथिति र अन्य सदस्यहरुलाई थामेन्दिङका सदस्यहरुले घरबाट ल्याएको विभिन्न याक्थुङ परिकारका हुक्वाले सत्कार गरियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!