बेलायतमा जनजातिले मनाए २४ औं विश्व आदिवासी दिवस

SHARE:

एटा संवाददाता
अल्डरसट । बेलायतका आदिवासी जनजातिहरुले विविध कार्यक्रमका साथ २४ औं विश्व आदिवासी दिवस मनाएका छन् ।

गत आइतबार अल्डरसटस्थित दि प्यालेसमा नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके र नेपाल आदिवासी जनजाति महिला महासंघ युकेको संयुक्त आयोजनामा मनाइएको हो । बेलायतमा रहेका विभिन्न आदिवासी जनजाति संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको निर्माण, प्रजातन्त्र र गणतन्त्र प्राप्तका लागि गरेको आन्दोलनमा आदिवासी जनजातिहरुको नाम छुट्टयाइयो भने नेपालको इतिहास अपुरो र अधुरो हुने बताए । उनले सबै नेपाली एक हुन अपील गर्दै २५ औं विश्व आदिवासी जनजाति दिवसलाई रजत महोत्सवको रुपमा नेपाली दूतावास लन्डनको सहकार्यमा दूतावासमै मनाउने वचन दिए ।

त्यस्तै, नेपालबाट आमन्त्रित विशेष अतिथि एवं लेखक, साहित्यकार एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नेपालमा राजनैतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमध्ये माओवादीे आन्दोलन इतिहासलाई हल्लाउने आन्दोलन भएको बताए । सो आन्दोलनपश्चात् सबैको आँखा खुलेको बताउँदै राज्यबाट ठगिएका, विभेदमा र अन्यायमा परेकाहरु बोल्न थाले ।

अहिले पनि आदिवासी जनजाति, थारु, मधेसी, दलित र महिलाको आवाज दबिएको छ । अहिलेको सरकार उल्टो गतिमा हिँडेको र प्रतिगमनमा उत्रेको आरोप लगाउँदै सरकारलाई रेल र पानीजहाजको कुरा होइन मृत्यु र दुःख घटाउन सुझाव दिए । उनले आफूलाई पनि भर्ती हुने ठूलो रहर भएको प्रसंग कोट्याउँदै भूतपूर्व गोर्खाहरुको समान कामको समान ज्याला पाउनु पर्नेमा जोड दिए । कार्यक्रम नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, लेखक, साहित्यकार एवं राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला र पूर्वमन्त्री बिजय थेबेले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा भूतपूर्व गोर्खा आन्दोलनको नेतृत्व गरिरहेका संयुक्त सत्याग्रह संघर्ष समिति, बिजिडब्लुएस र गेसोलाई उनीहरुले पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै, जनजाति महिला महासंघ युकेले एशियन महिला उमन एशोसिएसनकी प्रमुख संरक्षक पुनम राज्यलक्ष्मी सुवेदीलाई पनि सम्मानि गरिएको थियो ।

कार्यक्रममा गेसोका कृष्णकुमार राई, सत्याग्रहका अध्यक्ष कृष्णबहादुर राई, बिजिडब्लुएसका मेजर (रि) टिकेन्द्र दल देवान, क्या.रि. हरि गुरुङ र शशी सुब्बा थापालगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका कलाकारहरु जयालक्ष्मी छन्त्याल, जुना श्रीस र मिना लामालगायत स्थानीय कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष बिमला राईले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव खुसी लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!