लन्डन २६ अगस्ट २०२३ । लोकदोहोरी गायक प्रकाश सपूतले बेलायतमा आफ्नो पहिलो स्टेज कार्यक्रम गरेका छन् ।
शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सयौं दर्शकमाझ उनले आफ्नो बेजोड प्रस्तुति दिएका हुन् । जसमा दर्शकले पनि उनलाई गायनमा साथ दिएका थिए । प्रस्तुतिबाट आफू निकै उत्साहित भएको उनले प्रतिक्रिया दिएका छन् । बेलायतको पहिलो भ्रमणले आफू निकै खुशी र उत्साहित बनेको पनि बताए । उनले गलबन्दी च्यातियो, देखि अहिलेको चर्चित दमाई महाराजासम्म दर्जन बढी गीत गाउन भ्याए ।
उनी २३ अगस्टमा बेलायत आएका हुन् ।






