बेलायतका विभिन्न स्थानमा ‘आमा सेमिनार’ हुँदै

SHARE:

लन्डन ६ सेप्टेम्बर २०२३ । मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको अध्यक्षको उपस्थितिमा बेलायतका विभिन्न ठाउँमा ‘आमा सेमिनार’ हुँदैछ ।

मानवसेवा आश्रम बेलायत च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १७, २४ र २५ तारिखमा सेमिनार हुन लागेको हो । मानवसेवा आश्रम बेलायत च्याप्टरका संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निवर्तमान अध्यक्ष एवं समाजसेवी सुनीलबाबु खड्काका अनुसार १७ तारिखमा साउथ इस्ट लन्डनमा, सेप्टेम्बर २४ तारिखमा एम्पायर बेङक्वेटीङ हल, हाइस्ट्रिटमा र २५ तारिखमा नटिङघममा कार्यक्रम तय भएको छ । २४ तारिखको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिका रुपमा उपस्थित हुने संयोजक खड्काले बताए ।

उनका अनुसार बेलायतमा हुने कार्यक्रमका लागि मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, महासचिव सुशीला केसी र सचिव सुमन बर्तौला बुधबार लन्डन आइपुग्दैछन् । २२ दिन बेलायतमा रहने यो टोलीले यहाँका नेपालीहरुमाझ सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि अन्तरक्रिया कार्यक्रमसमेत गर्नेछ ।

सबै कार्यक्रममा प्रवेश नि:शुल्क हुने र कार्यक्रमलाई सफल बनाउन कसैले स्वेच्छाले सहयोग गरे त्यसलाई स्वीकार गरिने मानवसेवा आश्रम यूके च्याप्टर संयोजक खड्काले बताए ।

मानवसेवा आश्रमले सम्वत् २०६९ (ई.सं २०१२ मा) मा परिवार बस्न बनाएको घरको दुई तला भाडामा लिइ हेटौंडा ५ सानोपखराबाट सेवा शुभारम्भ गरेको थियो । यस आश्रमले नेपाललाई नै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ भने हाल सोही लक्ष्य प्राप्तिका लागि देशको २४ स्थानमा सेवा केन्द्रहरु विस्तार गरिसकेको जनाइएको छ ।

लक्ष्य प्राप्तिका लागि नागरिकमा सामाजिक भावनाको विकास गराउने र सरकारलाई जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको प्रमुख दायित्वबाट विमुख हुन नदिने प्रयत्नमा मानवसेवा आश्रम रहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी बताउँछन् ।

आजको एक्काइसौं शताब्दीमा समेत एक समूह मान्छेकै भेषमा जन्म लिएर पनि नारकीय जीवन बिताउन बाध्य छन् । एक गाँस भोजन र एक सरो कपडाको अभावमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका छन् । कति सडकआश्रित बनेका मनोरोगी महिला दिदीबहिनीहरु मठमन्दिर र पाटीपौवामै समेत बलात्कृत हुने गरेका छन् । वृद्धवृद्धा र बालबालिकाको अवस्था यो भन्दा कम छैन । यस्तो दुराअवस्थालाई कहिलेसम्म टुटुटुलु हेरी बस्ने ? संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिदिएको छ तर व्यवहारतः यस्तो भइरहेको छैन ।
अभिभावकविहीनलाई अभिभावकत्व प्रदान गर्ने प्रयास र प्रयत्न निरन्तर गरिरहेका छौं तर देशलाई नै बेसहारा मुक्त बनाउने कुरा आफूहरुको प्रयासले मात्रै सम्भव नभएको भन्दै प्रमुख अधिकारीले देश विशेषमा रहेका नेपाली नागरिकहरुको सहयोग र सद्भाव प्राप्त गर्न विशेष यात्रा शुभारम्भ गरिएको प्रस्ट पारे ।

११ वर्षमा मानवसेवा आश्रमले झण्डै ८ हजार ५०० भन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरी तीनको मानवोचित व्यवस्थापन गरिसकेको उनले बताए । जसमध्ये करिब १ हजार ६०० जना मानवसेवा आश्रमको संरक्षणमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!