०९ सेटेम्बर २०२३, बेलायत। बेलायत निवासी लोकप्रिय डान्सर तथा निर्देशक प्रभु गुरुङको निर्देशनमा “प्रिय तिमी” म्युजिक भिडियो आज बजारमा रिलिज भएको छ। म्युजिक भिडियोको कोरियोग्राफी पनि उनै प्रभु गुरुङले गरेका छन।
“प्रिय तिमी” म्युजिक भिडियोमा कलाकारहरु निष्मा बन र झलक तामाङले अभिनय गरेका छन भने सुमन श्रेष्ठले छायांकन गरेका छन। यस म्युजिक भिडियोको छायांकन बेलायतको बिभिन्न मनोरम स्थानहरुमा गरिएको छ।
म्युजिक भिडियोमा संगीत नन्द गुरुङले भरेका छन भने रचना राम प्रसाद गुरुङको रहेको छ।
https://www.youtube.com/embed/ZS1aMchtI1A?si=eopKde0ODIhRpfH-






