विराटनगर महानगरपालिकामै बम विस्फोट, बिस्फोटको जिम्मा गोइतले लिए

SHARE:

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आइतबार अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ ।

बम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिए । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।

बिस्फोटको जिम्मा गोइतले लिए
प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) ले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बिस्फोट आफूहरुले गराएको दाबी गरेका हुन् । उनले आफ्नो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोधमा विस्फोट गराएको बताए ।

गोइतले आफूहरु हतियार र बिस्फोटबाट नै तराईलाई मुक्त गर्ने अभियानमा रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!