काठमाडौं । मगर साहित्यमा आफ्नै समाज, विषयवस्तु र संस्कृतिको प्रभावका विषयमा काठमाडौंमा बहस गरिएको छ ।
जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यमा मगरपन खोज्दै मगर भाषामा प्रकाशित कृतिहरुको समेत विश्लेषण गरियो । ‘मगर साहित्यमा मगर पन’ छलफलमा विभिन्न विज्ञले धारणा राखेका थिए ।
भाषाविद् अमृत योञ्जन तामाङले ‘नेपालमा भाषिक मानवअधिकारको स्थिति’ कार्यपत्र प्रस्तुत गर्दै मातृभाषाहरु समस्यामा पर्दै गएको बताए । कार्यपत्रमाथि लोकबहादुर थापा मगरले टिप्पणी गरे ।
त्यस्तै सञ्जोग लाफा मगरले ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा प्रस्तुत गर्दै अहिलेसम्म मगर साहित्य कृति १ सय ७३ वटा प्रकाशन भइसकेको जनाए । कार्यपत्रमाथि विष्णु सिञ्जाली मगरले टिप्पणी गरे । समाज कल्याण परिषद्को सहकार्य रहेको कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगर र नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले पनि मगर भाषा साहित्यको प्रवद्र्धन र महत्वबारे प्रकाश पारेका थिए ।






