काठमाडौं २३ अक्टुबर २०२३ ।

त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईलाई ५ विकेटले हराउदैँ नेपालले शानदार जीत निकालेको छ ।
काठमाडौंमा जारी खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए ।
यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र ४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/ २ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।ं






