एजेन्सी २६ अक्टुबर २०२३ ।

विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई हराएको छ ।
भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो । यस अघि इग्ल्याण्डलले टस जितेर पहिला व्याटिङ गर्दै ३३ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो ।
१५७ रनको झिनो लक्ष्य श्रीलंकाले २५ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो र महत्वपूर्ण खेल जित्यो । श्रीलंकाको लागि पथुम निसंकाले ७७ रन तथा सदीरा समराविक्रमाले ६५रन बनाए ।कप्तान कुसल मेंडिस ११ रनमा तथा कुसल परेरा ४ रनमा आउट भए ।
इङ्ल्याण्डका लागि दुवै विकेट डेविड विलीले लिएका हुन् । यस अघि इङ्ल्याण्डको पालीमा बेन स्टोक्स ४३ रनमा, जॉनी बेयरस्टो ३० रनमा, डाविड मलान २८ रनमा , जो रूट ३ रनमा तथा लियम लिविंगस्टन १ रनमा आउट भए ।
त्यसैगरी कप्तान जॉस बटलर ८ रनमा, मोईन अली १५ रनमा, डेविड विली १४ रनमा आदिल रशीद २ रनमा तथा मार्क वुड ५ रनमा आउट भए । श्रीलंकाको लागि लाहिरू कुमाराले ३ विकेट तथा कसुन रजिता र एंजलो मैथ्यूज दुई दुई विकेट लिए ।
साविक विजेता इङ्ल्यान्डले जारी सिजनमा खराव प्रदर्शन गर्दै ५ खेलमा जम्मा १ खेलमा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको नवौ स्थानमा रहेको छ । आज इग्ल्याण्डलाई हराएपछि श्रीलंका ५ खेलबाट २ मा जित सहित ४ अंक पाएर तालिकाको पाँचौ स्थानमा उक्लेको छ ।






