काठमाडौं १ नोभेम्बर २०२३ ।

सन् २०२३ को १० महिनामा बेलायतबाट आठ हजार दुई सय १७ पर्यटक नेपाल गएका छन् ।
सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल गएका छन्
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।






