राष्ट्रपतिबाट कैद मिनाह पाएका रिगल फेरी पक्राउ

SHARE:

काठमाडौं २ नोभेम्बर २०२३ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाह पाएका रिगल भनिने योगराज ढकाल नेपालगन्जबाट पक्राउ परेका छन् ।

बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएको कैद मिनाह बदर गर्दै पक्राउ गर्न आदेश दिएपछि रिगललाई बिहीबार नै पक्राउ गरिएको हो । सर्वच्‍चको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यक्ति हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रिगललाई सरकारले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल भएको भन्दै संविधान दिवसमा अवसरमा कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कैद माफी दिएका थिए । रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले कैद मिनाहविरुद्ध सर्वोच्च गुहारेकी थिइन् ।

सर्वोच्चले सरकारको उक्त निर्णय उल्ट्याउँदै बाँकी कैद असुलका लागि पक्राउ गर्न आदेश दिएको थियो । उनले हत्या अभियोगमा ११ वर्ष ११ महिना पाँच दिन कैद भुक्तान गर्न बाँकी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!