‘मन त बुढो हजुर हुन्न रैछ नि’ कौडा गीत सार्वजनिक

SHARE:


काठमाडौं १४ नोमेम्बर २०२३ । गीतकार सुकबहादुर गुरुङले मौलिक संस्कृतिलाई समेटेर ‘मन त बुढो हजुर हुन्न रैछ नि’ बोलको कौडा (चुट्का) गीत सार्वजनिक गरेका छन् । गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिइसकेका छन् । उनले महसुस- १, महसुस-२ गीति एल्बम पस्किसकेका छन् । साथै ख्यातिप्राप्त गायक/गायिकाहरुले उनको गीतमा स्वर ढाकेका छन् ।

गीति एल्बमलाई निरन्तरता दिने क्रममा उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेको बताए । उक्त नयाँ गीतमा गीतकार गुरुङले सबैको जीवनमा भइरहने तथा मानव अन्तर्मनको भावनालाई मीठो शैलीमा प्रस्तुत गरेका छन् । जसमा प्रख्यात गायक राजेश पायल राई, चर्चित गायिका तारा श्रीसमगरलगायतको स्वर सजिएको छ ।

कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार रामकुमार गुरुङ (आरके) को सुमधुर संगीत रहेको छ । यस गीतमा मनाङ गुरुङको निर्देशन र सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफी देख्न सकिन्छ ।

गुरुङ फिल्मका चर्चित कलाकारहरु माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनयले गीतको भिडियो सुन्दर बनेको छ । गुरुङ संस्कार संस्कृति झल्किने पोसाकसहित तमु समाज तनहुँ काठमाडौंको बाआमाहरुको सहभागिताले नेपाली मौलिकताको नमुना मुखरित भएको छ । छायाँकारमा नवराज उप्रेती छन् भने बिष्णुहरि तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!