मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

SHARE:

काठमाडौं ३० नोभेम्बर २०२३ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परेर आमा र छोरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका भीमबहादुरलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको डीएसपी भण्डारीले बताए ।

सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आज बिहीवार दिउँसो अनियन्त्रित भएर धवाडी पुल छेउमा दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट तल खसेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!