
संजय सिङजालीमगर
नेपाल। बबरमहलस्थित नेपाल कला परिषदमा गोर्खा वेमेन फोटो तथा आर्ट प्रदर्शनी गत बुधबारदेखि प्रदर्शनमा राखिएको हो।
श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभको आयोजना र द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज, यती एयरलाइन्स तथा गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा प्रदर्शनी भएको हो। सुजना श्रीसले बिभिन्न ठाउँमा भ्रमण गरेर पुर्व गोर्खा सैनिक महिलाहरुबिच नजिक भएर अनुभव बुटल्न सफल भएकी छिन । गोर्खा सैनिक इतिहासमा महिलाको भूमिकालाई केन्द्रित गरेर सुजना श्रीसले फोटो तथा चित्र समेटेर प्रदर्शनमा राखेकी छन्।
उनको फोटो तथा आर्ट प्रदर्शनीमा बिभिन्न ब्यक्तित्व, युवायुवती देखि स्कुले बच्चाहरु सो प्रदर्शनी बाट उत्साहित देखिन्थे । सुजना श्रीसको यस प्रदर्शन पहिलो पटक भने होईन, यस्ता कार्यथालीन बिगतमा गरिसकेको अनुभव उनि सँग छ । अब यस संस्थालाई निरन्तर दिनका लागि एक संकल्प साथ लागेकी छन् ।






