काठमाडौं । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानअन्तर्गत डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला पुगेका बेला ओलीले फोन गरेर हार्दिकता साटेका हुन् ।
‘जय नेपाल’ भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरानजिकै बास बसेको र डडेलधुरा राम्रो रहेको बताएका थिए ।
‘सुन्दर डडेलधुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी !’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्।






