बेलायतको कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल

SHARE:

लण्डन १ डिसेम्बर २०२३ ।

अजियाटा समूहको नाममा रहेको ८० प्रतिशत सेयर स्थानीय साझेदार सतिशलाल आचार्यकै कम्पनीले खरिद गरेको छ ।

अजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले खरिद गरेको जनाएको हो । अजियाटा समूहले विज्ञप्ति जारी गर्दै रेनल्ड होल्डिङको नाममा रहेको सेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको उल्लेख गरेको छ ।

बुधबार अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । व्यावसायिक चुनौती बढेको भन्दै अजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।

स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन्। एनसेलमा २० प्रतिशत सेयर भएको सुनिभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!