
संजय सिङजालीमगर – नेपाल
नवलपुर, मंसिर १५ । राष्ट्रिय पूर्व सैनिक संगठनको पाँचौ राष्ट्रिय महाधिवेशन शनिबार कावासोतीमा हुने भएको छ । शुक्रबार जनमुक्ति पार्टीको कावासोती स्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत राष्ट्रिय पूर्व शैनिक संगठनको पाँचौं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोती १ रिठ्ठेपानीमा हुने जानकारी गराएको हो ।
महाधिवेशनको जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले उद्घाटन गर्ने भएको छ । महाधिवशनमा २५ जिल्लाका १ सय ५० जना प्रतिनिधि सहभागी हुने राष्ट्रिय पूर्व सैनिक संगठनका अध्यक्ष क्या। भिमबहादुर रानाले बताउनुभयो । महाधिवेशनले ५१ सदस्यीय नयाँ समिति चयन गर्ने छ ।
सम्मेलनमा क्याप्टेन भिमबहादुर रानाले स्थनिय ,प्रदेश र प्रतिनिधिसभा निर्वाचन खर्चिलो निर्वाचन भएको जिकिर गर्नुभयो । यसैगरी उहाँले भष्टचारीलाई देशद्रोह सरहको अपराध घोषणा गरि कठोर दण्ड सजा हुनुपर्नेमा समेत जोड दिनुभयो । नेपाल र भारतबीचको सम्बन्धलाई निरन्तरता दिनका लागि भए पनि अग्नीपथमा भर्ति हुन दिनु बताउनुहुदै नेपाल सरकार आफैले नेपाललाई राजगारी दिन सक्ने अवस्था नआउन्जेल भर्ती हुन दिनु पर्ने अध्यक्ष रानाको तर्क थियो ।
त्यसैगरी व्रिटिश, हङकङ र अन्य देशमा रहेका गोर्खा शैनिकलाई दोहोरो नागरिकता लिन पाउने व्यवस्था गर्नु पर्ने, वेलायत र भारतमा गोर्खा शैनिकको उपस्थिति सरदर ३ प्रतिशत मात्र रहेकोले त्यसलाई बढाएर १० प्रतिशत बनाउनु पर्ने लगायतका माग राख्दै राष्ट्रिय पूर्व शैनिक संगठन आन्दोलित रहेको समेत रानाले बताउनुभयो ।






