रुसले आफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको बेलायतको आरोप

SHARE:

लण्डन ८ डिसेम्बर २०२३ ।

बेलायतले रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी गरेको आरोप लगाएको छ ।

दुई रुसी गुप्तचरमाथि कथित स्पियर–फिसिङ अभियान र ‘बेलायतलाई कमजोर पार्ने उद्देश्यका गतिविधि’ को तयारीमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको विदेश मन्त्रालयले बताएको छ।

‘बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयास सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ’, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी जिम्मेवार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयास उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ । ’

क्यामरुनको कार्यालयले सेन्टर १८ ९एफएसबीभित्रको एकाइ० बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेवार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ ।

विज्ञप्तिमा उक्त सङ्गठनले बेलायत–अमेरिका व्यापार कागजात पनि ह्याक गरेको र यो सन् २०१९ डिसेम्बरमा बेलायतमा आमनिर्वाचन हुनुभन्दा पहिला लिक गरिएको उल्लेख छ । रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।

पछिल्लो दाबीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लण्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!