प्रधानमन्त्री प्रचण्डले भने: सहमतिबाट नभए प्रजातान्त्रिक प्रक्रियाबाट संक्रमणकालीन न्याय टुंग्याउँछौँ

SHARE:

काठमाडौं १० डिसेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट संक्रमणकालीन न्याय नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् ।

आइतवार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए । उनले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता पनि जनाए ।

‘म सरकारमात्रै होइन, शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता पनि भएकाले मेरो जिम्मेवारी छ यसलाई टुंग्याउने । मरिसकेकोलाई फिर्ता ल्याउनसक्ने कुरा भएन, बेपत्तालाई पनि फिर्ता ल्याउनसक्ने अवस्था छैन तर हामी बाँचेकाहरुले गर्नसक्ने कुरा जति गर्नेछौँ‚’ उनले भने, ‘एमालेको अभियान पुस पहिलो सातासम्म छ, त्यसपछि सदन बोलाउने सोचिँदै छ । अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ‚ भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!