पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

SHARE:

काठमाडौं १४ डिसेम्बर २०२३ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटी लिएर छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो ।

त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो । १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो ।

उक्त मुद्धामा सुक्ष्म तवरबाट अध्ययन गर्दै आएका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अदालतको आदेश सकारात्मक आएको बताए । हाललाई धरौटीमा छोडिए पनि यो नै अन्तिम नभएको र धरौटीमा बाहिर राखेर पनि पुर्पक्ष हुने भएकोले अदालतको आदेशलाई सकारात्मक मान्नु पर्ने उनको भनाइ छ ।

अन्तिम फैसला आउने बेला सम्ममा दोषी ठहरिए कानूनी सजायबाट उन्मुक्ति नपाउने र दोषी ठहर नभएमा सफाइ दिने विद्यमान कानूनी व्यवस्था भएकोले उच्च अदालतको आदेशको सम्मान गर्नु पर्ने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!