४५ लाख बुझाएर रिहा भए पूर्वगृहमन्त्री खाँण

SHARE:

काठमाडौं १५ डिसेम्बर २०२३ ।

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनामुक्त भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाँणलाई हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

आज धरौटी बुझाउन जिल्ला अदालत पुगेका खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा पनि पेश गरिएको थियो । सम्पत्ति शुद्धीकरणले १५ लाख धरौटी माग गर्‍यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन भनेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ ठगी प्रकरणमा खाँणलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन लिएर गएकाहरूमध्ये उच्चले खाँणसहित ११ जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ भने ९ जनालाई थुनामै पठाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!