
१६ डिसेम्बर २०२३ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेको चौथो अधिवेसन बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा सम्पन्न भएको छ। सो अधिवेसनबाट फोनिज युकेको उपाध्यक्ष बम थापा (सूर्यवंशी) मगर अध्यक्ष पदमा निर्वाचित भएका छन। त्यस्तै उपाध्यक्षमा लिला सेलुङ माबो, सचिबमा अमित थेबे, सहसचिबमा तेज माबो, कोषाध्यक्षमा डा. महा राई र सदस्यहरुमा जेबि राई, बिश्वजित थापा, पम्फा गुरुङ, रोमियन लिम्बु, इश्वर चाम्लिङ राई र रुद्र थापा निर्बाचित भएका छन।
अधिवेसनको पहिलो सत्रमा आपतकाली स्थिति बारे सूचना, आसन ग्रहण, दिप प्रज्वलन, एक मिनेट मौनधारण, नेपाल आदिवासी जनजाति राष्ट्रिय गानलगायत नेपाली राष्ट्रिय गित बजाएर फोनिज युकेको आधिकारिक कार्यक्रम शुरुआत गरिएको थियो।
अधिवेसनमा प्रस्तुत गरिएको सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मतद्वारा पारित गरिएको छ। अधिवेसनमा फोनिज युकेले गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु गुरुङलाई “फोनिज युके पत्रकारिता पुरुस्कार” द्वारा सम्मान गरेको छ भने नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिब तथा चर्चित संचारकर्मी बिमला सेनेलाई “फोनिज युके सम्मान २०२३” द्वारा सम्मान गरेको छ। फोनिज युकेका अध्यक्ष गोमा रानाले उपस्थित अधिकांशलाई मायाको चिनोलगायत प्रमाणपत्रले सम्मान गरेका थिए।
अधिवेसनमा उपस्थित अधिकांश बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए। शुभकामना मन्तब्य राख्नेक्रममा प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले प्रदेश नम्बर १ पुन: नामाकरणको बारेमा सशक्त तरिकाले कुरा उठाएका थिए ।
फोनिज युकेका अध्यक्ष गोमा रानाले अध्यक्षता गरेको अधिवेसनका प्रमुख अतिथि नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा थिए। संथाका उपाध्यक्ष बम थापा (सूर्यवंशी) मगरले स्वागत मन्तब्य दिएका थिए भने सचिब लिला सेलुङ माबोले कार्यक्रम संचालन गरेका थिए। अध्यक्ष गोमा रानाले आफ्नो मन्तब्य राख्दै अधिवेसन अन्त्य भएको घोषणा गरेका थिए। अध्यक्ष रानाले नयाँ कार्यसमिति चयन गरिदिनको लागि निर्वाचन मण्डललाई सम्पूर्ण जिम्मेवारी हस्तातरण गरेका थिए।
फोनिज युकेका निबर्तमान अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक विश्वासदीप तिगेला, निर्वाचन मण्डलका सचिब र सदस्य क्रमश: निबर्तमान अध्यक्षहरु प्रमिला लाबुङ्ग राई र किरण टि लिम्बुले सहमति अनुसार नयाँ कार्यसमिति चयन गरेका थिए । निर्वाचन मण्डलले नवनिर्वाचित अध्यक्षलगायत नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण गराउदै प्रमाणपत्र र खडा लगाएर हार्दिक बधाई ज्ञापन गरेका थिए ।
अधिवेसनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर संस्थाका पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु र अन्यको उपस्थिति रहेको थियो।






